तराई/मधेशमा लगातार हुस्सु र कुहिरो : पूर्वपश्चिम राजमार्गको ख...
पुस २४, २०८१ बुधबार
द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई रुसले जासुसीको आरोप लगाएको छ । उनी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा यक्याटरिङबर्गमा कार्यरत थिए ।
द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । साथै उनमाथि लागेको आरोपलाई अस्वीकार गरी तत्काल रिहाइको माग गरेको छ । ती संवादादता अमेरिकी सरकारको निर्देशनमा काम गरिरहेका र गोप्य सूचना सङ्कलन गरिरहेको रुसको दाबी छ ।
मस्कोको लिफोर्टोभो जिल्ला अदालतले मे २९ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ । समाचार संस्था तासले पक्राउ परेका पत्रकार एभन ग्रेस्क्राेभीचले आरोप अस्वीकार गरेको जनाएको छ । द वाल स्ट्रीट जर्नलको यसै हप्ता प्रकाशित उनको पछिल्लो लेखमा रुसको खस्कँदो अर्थतन्त्र र क्रेम्लिनले बढ्दै गएको सैनिक खर्चसँग जुझ्न गरिरहेको प्रयासबारे चर्चा गरिएको छ । रुसमा जासुसीको अभियोगमा अधिकतम २० वर्षसम्म सजाय हुनसक्छ ।
युक्रेनमाथिको रुसी आक्रमण सुरू भएको १३ महिनामा क्रेम्लिन र पश्चिमा देशबीचको सम्बन्ध अझ तनावग्रस्त बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।