पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
तनहुँ – आउँदाे वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि भोलि सोमवार तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ ।
उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लामा रहेका राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आइतवार आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ । एकै पटक सबै दल आउँदा भिडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा एमालेलाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई साढे १ बजेको समय निर्धारण गरिएको छ । अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन सबै राजनीतिक दलसँग समन्वय गरिने बताउनुभयो । उपचुनावलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।