तराई/मधेशमा लगातार हुस्सु र कुहिरो : पूर्वपश्चिम राजमार्गको ख...
पुस २४, २०८१ बुधबार
बारा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बाराका खरिदारसहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।
आज आइतवार आयोगको हेटौँडामा रहेकाे कार्यालयबाट खटेको टोलीले १५ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय बाराको रजिस्ट्रेशन फाँटका खरिदार रामविश्वास साह र लेखापढी सहयोगी गौरीशंकर कुशवाहालाई पक्राउ गरेको हो । जग्गा रजिस्ट्रेशन पास गराइदिने भन्दै खरिदार साहले घुस रकम लिएको अख्तियारले जनाएको छ ।
घुससहित मालपोत कार्यालय परिसर नजिकै रहेको पसलबाट पक्राउ परेका साह र कुशवाहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।