गण्डकी प्रदेश सभाकाे अधिवेशन वैशाख ९ गतेका लागि आह्वान

 वैशाख १, २०८० शुक्रबार १४:५९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संसद् अधिवेशन आह्वान गर्नुभएकाे छ । प्रदेश प्रमुख गुरुङले शुक्रवार विज्ञप्ति निकालेर यही वैशाख ९ गते शनिवार दिउँसाे ३ बजेका लागि बैठक आह्वान गर्नुभएकाे हाे । 

बिहीवारको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

खगराज अधिकारी नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै चैत १० गते सरकारबाट बाहिरिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको थियो । विश्वासको मतका लागि एक महिने अवधि वैशाख ९ गतेसम्म रहेको छ । मुख्यमन्त्री अधिकारीलेसँग विश्वासको मतका लागि प्रस्ताव लैजाने वा राजीनामा दिने विकल्प रहनेछन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेको २२ र राप्रपाको दुई मत छ । त्यसबाहेक अब बन्ने सरकारका लागि कांग्रेसको २७, माओवादीको सभामुखसहित आठ सिट छन् । स्वतन्त्रबाट जितेका दीपक मनाङे एकीकृत समाजवादीमा जानुभएकाे छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया