आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।
शुक्रवार आज प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गएकाे साउन महिनादेखि अहिलेसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताउनु भयो । उहाँले त्यसमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताउनु भयो ।
त्यस्तै यही महिनाभित्र भारतको काेलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी मल ल्याइने पनि उहाँले बताउनु भयाे। प्रधानमन्त्री प्रचण्डले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयो – ‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षहरुमा भन्दा सुदृढ भएको छ । २०७९ सालकाे साउन महिनादेखि अहिलेसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । त्योमध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोहरुमा मौज्दात रहेको छ । भारतको काेलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी यो महिनाभित्र नेपाल भित्रिने व्यवस्था गरिएको छ । धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था यस पटक रहेको छैन । सुरुमा रासायनिक मलका लागि १५ अर्ब विनियोजन भए पनि थप २३ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ ।'
प्रधानमन्त्री प्रचण्डले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुरेश दाहाल
June 23, 2023, 9:18 p.m.जति मल मौज्दात भयपनि हामिले बर्षाको बेला५किलो मलको लागि दस तिर धाउंदा पाएको छैनौ। बोल्दिनेले जे बोल्दे पनि हुन्छ।कुर्सीमा बसेर बोलेर हुदैन किसानको घरमा गएर सोध मल कस्ले पाए भनेर? मौज्दात राख्न लयाएको कि किसानले पाउनुपर्ने हो मल?
जतिसुकै व्यवस्था मिलाइएको भए पनि २ /३ विघा मा खेती
June 23, 2023, 6:02 p.m.जति सुकै व्यवस्था मिलाइएको भए पनि दुई तीन विघा जमिन मा खेतीगर्ने किसानलाई २५ किलो डीएपी पाउन गाह्रो छ । ४३७ जना किसानहरूको नाम दर्ता भएको संस्थाले ४२ बोरा डीएपी ले कसरी किसानलाई चित्त बुझाउने होला