प्रधानमन्त्रीकाे विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍याे : केपी ओली

 असार १३, २०८० बुधबार १८:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नुभएकाे छ ।

बुधवार प्रतिनिधिसभामा मतदानमार्फत बजेट पारित भएलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ याे प्रतिक्रिया व्यक्त गर्नुभएको हो । उहाँले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वाभाविक हो । हामीले आफ्नो मत देखायौँ । प्रधानमन्त्रीकाे विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍याे भन्ने त्यहाँ देखियो । त्यसमा अरू केही भनिरहनु परेन ।’

एमालेको मागअनुसार बजेट पारित गर्नका लागि आज प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया