विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्टलाई नेपा...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कसैलाई पनि जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताउनुभएको छ ।
शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताउनुभयो । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीवार गृहजिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । त्यही विषयमा मन्त्री शर्माले सरकारले अराजक गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा आन्दोलनका क्रममा एक जनाको ज्यानसमेत गयो । प्रधानमन्त्रीज्यूले बालुवाटार बोलाएर यस्ता आन्दोलन नगर्न पनि आग्रह गर्नुभयो । तर पछिल्ला केही दिनमा अराजक गतिविधि भइरहेका छन् । कसैले पनि लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्षपोषण गर्न पाउँछ तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्ने कुरा राम्रो कुरा होइन । त्याे अराजकतामा जानु हुँदैन।’
मन्त्री शर्माले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताउनुभयो । उहाँले केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने विश्वास व्यक्त गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।