वालिङलाई हराउँदै बाग्मती युथकाे पहिलाे जीत
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर गर्न खोजिएको आरोप लगाउनुभएको छ ।
बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाण्डाैमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गएकाे साेमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक 'रोड्स टु द भ्याली' (द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि नै बबन्डर गर्न खोजिएको बताउनुभएको हो ।
उहाँले आफूले पुस्तक विमोचनमा प्रीतम सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा किताब विमोचन गर्दै गर्दा उहाँ (प्रीतम सिंह) ले बोलेको कुरा मैले बाेल्दा बबन्डर मच्चाउन खाेजियाे । मलाई प्रधानमन्त्री बनाउन उहाँ कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई लिएर बबन्डर गर्न खोजिएको छ । यसबाट हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा देखिन्छ ।’
प्रचण्डले चाँडै नै माओवादीहरू एउटै केन्द्रमा आउने र सबै सङ्गठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन शुरु गर्ने बताउनुभयो । उहाँले नागरिककाे मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताउनुभयो । उहाँले २०८४ को चुनावमा २०६४ सालमा जितेको सिटभन्दा बढी जित्ने दाबी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।