आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेसहितका प्रतिपक्ष दलहरूको अवराेधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
बैठककाे आकस्मिक समयमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गर्नुभयो । त्यसपछि प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर बैठक अवराेध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएकाे हाे ।
यस्तै एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक–पटक भारत गएको भन्ने अभिव्यक्ति दिएको विरोधमा एमालेले बैठकमा अवरोध गरेको हो । एमाले संसदीय दलको बैठकले प्रतिनिधिसभाको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले भने पुस्तक विमोचनमा प्रीतम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।