विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्टलाई नेपा...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रतिनिधिसभा बैठक भाेलि बिहीवारसम्मका लागि स्थगित भएकाे छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे अवराेधका कारण प्रतिनिधिसभाकाे बैठक भाेलि दिउँसाेसम्मका लागि स्थगित भएकाे हाे ।
आज दिउँसाे बैठक शुरु हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । तर फेरि बैठक सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि भाेलिसम्मका लागि स्थगित भएकाे हाे ।
आजै राष्ट्रिय सभाको बैठक पनि सूचना टाँसेर भाेलिसम्मका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद्का दुवै सदन चल्न नसक्दा मिटरब्याजीहरूलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नुपर्ने कानुनमा व्यवस्था छ । तर संसद्का दुवै सदन चल्न नसक्दा अध्यादेश स्वतः निष्क्रिय भएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।