सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको छ : माओवादी केन्द्र

 असार २७, २०८० बुधबार ११:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

महासचिव देव गुरुङले शोक विज्ञप्ति निकालेर उहाँको निधनले अपूरणीय क्षति पुगेको बताउनु भएको हो ।

सीता दाहालको निधनबाट पार्टी, नागरिक र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ – विज्ञप्तिमा भनिएको छ ।

सीता दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनु भएको पनि उल्लेख गरिएको छ ।

यसैबीच, सीता दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेता, कार्यकर्ता नर्भिक अस्पताल पुगेका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु अस्पताल पुगेका छन् ।

६९ वर्षकी सीता दाहालको विहान उपचारका क्रममा निधन भएको हो ।

पार्किन्सन जस्तै देखिने एक जटिल प्रकारको रोगबाट उहाँ पीडित हुनुहुन्थ्यो । बिहान हृदयाघात भएपछि उहाँलाई अस्पताल पुर्‍याइएको थियो ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ ।

दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया