बेराेजगार उत्पादन गर्ने विश्वविद्यालय किन चाहियाे ? : चन्द्र भण्डारी

 साउन ३, २०८० बुधबार १७:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकूल नभएको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले नेपालको शिक्षा नीति अरूका लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताउनुभयो । नेपालको शिक्षा नीति समयानुकूल नहुँदा विद्यार्थीहरू विदेश पलायन भइरहेको उहाँकाे भनाइ थियाे ।

सांसद भण्डारीले प्राथमिक, क्याम्पस र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने सञ्चालन भइरहनुको अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, विद्यार्थीहरूले समयमा नै पाठ्यपुस्तक नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको शिक्षा नीति अरूका लागि उत्पादन गरिदिने थलो भयो, नेपालका लागि र नेपालीका लागि केही गर्न सकेन । अहिले हाम्रा युवाहरू विदेश जान्छन्, त्यही शिक्षाको परिणाम हो यो । हामीले पाठ्यक्रम पनि राम्रो बनाउन सकेनाैँ । विश्वविद्यालय बन्द गरौँ, किन तलब खुवाएर राख्ने, बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो ? यो मैले सात वर्षअघि भनेको हो, अझै पनि त्यही छ ।’

सांसद भण्डारीले नेपालमा कुन शिक्षाको प्रणाली अपनाउने हो त्यो स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थीहरू पलायन हुने क्रम नरोकिने दाबी गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dr. A.K.Mishra

    July 19, 2023, 8:22 p.m.

    We should adopt different education philosophy in different universities but we just copy TU policy everywhere.

  •  0 Reply

तपाईको प्रतिक्रिया