कुलमान घिसिङद्वारा कार्यसम्पादनमा ९८ दशमलव ९९ प्रतिशत अङ्क दाबी
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन नेपाल आउनुभएको छ । श्रीलङ्का भ्रमणमा रहेका पोलिटब्युरो सदस्य च्युन तीन दिने नेपाल भ्रमणका लागि बिहान काठमाण्डाै आइपुग्नुभएको हो ।
गएको पुसमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि चीनबाट भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो । युआन सीपीसीका २४ जना केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये एक सदस्य हुनुहुन्छ । सात जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहको रूपमा केन्द्रीय पोलिटब्युरोलाई लिइन्छ । तर प्रचण्ड हिजो शनिवार नै इटली गएको हुनाले च्युनले उहाँसँग भेटवार्ता गर्न पाउनु हुनेछैन ।
यो भ्रमणमा च्युनले सरकारी र राजनीतिक पार्टीका शीर्ष नेतासँग भेट्ने सम्भावना छ । भेटवार्ताको विषयमा लिएर नेपालमा रहेको चिनियाँ दूतावास, परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरूबीच गृहकार्य भइरहेको छ ।
यसै अवसरमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका टुङ्गो लगाउने सम्भावना पनि रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड केही समयअघि नै चीन जान चाहे पनि चिनियाँ राष्ट्रपतिको व्ययस्तताका कारण सम्भव भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।