कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - पछिल्लो तीन घण्टामा नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । रातिदेखि परेको पानीले ती क्षेत्रमा रहेका साना नदीसँगै तिनाउ, तिनाउ नदीका सहायक नदी र पश्चिम राप्तीका सहायक नदीहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हाे ।
नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, अहिले आंशिकदेखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । आज दिउँसो देशभर बदली भएर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 24, 2023
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।