पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–४ हिमचुलीमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । आज बिहान बा १० च ३५४६ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सिन्धुलीका २० वर्षीय जीप चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय अनिल तामाङकाे ज्यान गएकाे प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
काठमाण्डाैबाट चित्लाङ जाने क्रममा हिलोमा फसेको भ्यानलाई धकेल्दा ‘ओभर स्पीड’ भइ सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी धकेल्नका लागि तीन जना गाडीबाट ओर्लिएका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।