एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।
अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाईँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ ।
'अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरुपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ', प्रमुख सेडाईँले भन्नुभयो ।
विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।