एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका बस्तु तथा सामग्री महानगरभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध गरिएको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली अनुगमनमा खटाउने महानगरको तयारी छ । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ । यदि पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत हुनेछ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान कुनै पनि प्रयोग गर्न पाइनेछैन ।'
अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न/नगराउन मेयर शाहको आग्रह छ । उहाँले बजार जाँदा कागज वा कपडाको झोला बोकेर जान आग्रह गर्नुभएको छ । प्लाष्टिक उत्पादन गर्न रसायनको पनि प्रयोग गरिन्छ । यसबाट डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरु उत्सर्जन हुन्छन् । जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छाला सम्बन्धी रोगहरु लाग्ने जोखिम हुन्छ ।
जथाभावी फालिने प्लाष्टिकले ढल निकास बन्द हुन्छ । माटोको प्राकृतिक गुण परिवर्तन गरिदिने, जथाभावी उडेर तथा छरिएको अवस्थामा रहेर सहरी सुन्दरतामा ह्रास ल्याउँछ । बाग्मती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा लगायतका नदी, राजकुलाहरु र खुल्ला ठाउँमा प्लाष्टिक फालेका कारण नदी प्रदुषित बनेका छन् । सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि असर पुगेको छ । काठमाण्डौ उपत्यकामा दैनिक झण्डै ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने अनुमान छ । साथै नदीलाई प्रदूषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।