दार्चुलामा एक पुरुषमा कालाजार देखियाे

 साउन १४, २०८० आइतबार १९:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दार्चुला – दार्चुलामा एक पुरुषमा कालाजार देखिएको छ । आइतवार उपचारका लागि आएका शैल्यशिखर नगरपालिका–९ नायलका ५० वर्षीय पुरुषमा कालाजार देखिएको गाेकुलेश्वर अस्पतालका मेडिकल अधिकृत डाक्टर मियाज अन्सारीले जानकारी दिनुभयाे । कालाजार देखिएका पुरुषलाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा पठाएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी राजेश भट्टका गएकाे फागुनमा पनि ती पुरुषलाई कालाजार देखिएकाे थियाे । त्यसपछि उपचारका लागि धनगढी पठाएपछि निकाे भएकामा अहिले फेरि कालाजार देखिएकाे सूचना अधिकारी भट्टले बताउनुभयाे ।

ती पुरुषलाई थप उपचारका लागि भाेलि साेमवारसम्म सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भएकाे उहाँले जानकारी दिनुभयाे । कालाजार 'स्यान्ड फ्लाई' नामको भुसुनाको टोकाइका कारण लाग्ने गर्दछ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सागर धिताल

    July 30, 2023, 8:53 p.m.

    मान्छे काे त यो हालत छ पशु लाई कसले हेर्छ सरकार 🙏 जुम्लामा पनि आक्रमण हुदै छ (यो राेग बिशेश गरेर डासकाे टाेकाई बाट रगतको माध्यम बाट शरिरकाे अङ्ग अङ्गमा यो भाईरस दिन प्रतिदिन बृदि हुदै छ अर्गानिक अन्न उत्पादन गर्नको लागी जोत्ने बल्ल र मिठो दुध चिया, दही, मही घ्यु दिने गाईलाई महामारी रोगलागेर दिनदिनै दर्जनौ तडपियर मरिरहेका छन । यि पनि प्राणी हुन , करोडौ बजेट खर्चगरी पशुको नाममा भेटनरी शाखा, अस्पताल खोलेकै छौ , । यि पशुबस्तुलाई बचाउन नलागी, (अस्थाई ५ बर्षे सबै जनप्रतिनिधी कर्मचारी महोदयहरु ),अन्य सरोकार निकायहरु कता सुतेका छौ ? तुमीहरुका फेसबुके किनेका पत्रकारले लेखेका काम भन्दा, यसो छिटो भन्दा छिटो के रोग लागेको हो ? कसरी उपचार गर्ने तर्फ ध्यानदिई समयमै सबै गाई बस्तुलाई बचाउन उपचार गर्ने काममा लाग्नु पर्यो । तिमीहरुको मिठो मिठो खाने छान्ने जिब्रो मिठै छान्ने होला त ? चाडाे भन्दा चाडाे #सिन्जा गाउपालिका काे ध्यानाकर्षण हाेस तपाईंहरूको त केहि नहाेला ती एक छाक खानलाई ती गाई गाेरू ले जिबिकाे पार्जन हुदैछ यो बिषयलाई तत्काल प्रथामिक्ता दिन हार्दिक अनुरोध छ। सागर धिताल ✍️ सिन्जा गा.पा जुम्ला

  •  0 Reply

तपाईको प्रतिक्रिया