लगातार ५ दिन घटेको शेयर बजार आज सामान्य बढ्यो

 साउन १५, २०८० सोमबार १५:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार पाँच दिन घटेको शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेर दुई अर्ब रुपैयाँभन्दा तल झरेको छ । आज दुई सय ६२ वटा कम्पनीका ५५ लाख ३१ हजार कित्ता शेयर एक अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सनराइज ब्लुचिप फन्डकाे शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढेको दिन आज विन नेपाल लघुवित्त र ग्लोबल आईएमई बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया