एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
रुपन्देही – एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फन्डकाे अनुदानमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आठ करोड ७० लाख २० हजार चार सय २० रुपैयाँको लागतमा निर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला ग्लोबल फन्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक, सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमवार एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभएको हो ।
अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोगलगायत अन्य विविध खालका सरुवा रोगहरूको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणदेखि प्याथोलोजिकल र विशिष्टीकृत मलिक्युलर विश्लेषणसम्मका सेवा प्रदान गरिनेछ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘यस प्रयोगशालामा उपलब्ध हुने सेवाहरूको गुणस्तर तथा विश्वसनीयता कायम गर्नुमात्र नभई लुम्बिनी र अन्य प्रदेशहरूमा समेत स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरू परिपूर्ति गर्नेतर्फ अघि बढ्नु प्रदेश सरकार र पालिका सरकारलगायत हामी सबैको साझा दायित्व हो । यस महत्त्वपूर्ण स्वास्थ्य संरचनाको जिम्मेवारी लिँदै यस प्रयोगशालाले प्रदान गर्ने गुणस्तरीय सेवाको दिगोपनको लागि प्रदेश सरकारले रकम विनियोजन गर्नेछ भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’
हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक क्याम्पबेलले भन्नुभयो, ‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै हामीले सेवा दिने र काम गर्ने समुदायहरूका लागि स्वास्थ्य सेवा पहुँचयोग्य, गुणस्तर र सामयिक बनाई स्वास्थ्य सेवामा असमानता घटाउन हाम्रो तर्फबाट निरन्तर सहयोग रहने र नेपाल सरकारसँग सहकार्य गर्ने हाम्रो प्रतिबद्धतामा पुनः जोड दिन चाहन्छु ।’
एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फन्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टोयानोभिकले भन्नुभयो, ‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा एक महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई थप सुधार गर्न हामी सङ्घीय, प्रदेश र जिल्ला स्वास्थ्य निकायहरूसँग थप सहकार्य गर्ने आशा व्यक्त गर्दछु ।’
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सेवा पूर्वाधारको सुदृढीकरण गर्ने र स्वास्थ्य समस्याको समयमै सही परीक्षण र उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यस्तै प्रयोगशालाले लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका अन्य स्वास्थ्य प्रयोगशालाहरूको नियमन गर्न प्रदेश र पालिकाहरूलाई सक्रियरूपमा सहयोग गर्ने उद्देश्य रहेको छ । यसका साथै क्षमता सुदृढीकरण कार्यक्रमहरूमार्फत यस प्रयोगशालालले लुम्बिनी प्रदेशका प्रयोगशालाहरूमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, प्रयोगशालाहरूलाई प्राविधिक सहायता प्रदान गर्ने, प्रयोगशालाहरूको उच्च गुणस्तर कायम राख्ने र सर्वसाधारणलाई कम मूल्यमा प्रयोगशालासम्बन्धी सेवा दिनका लागि समेत सहयोग गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।