जुलाईमा झन्डै ५८ हजार जना पर्यटक भित्रिए, चिनियाँ पर्यटकको सङ्ख्या साढे २ सय प्रतिशतले बढ्यो

 साउन १६, २०८० मंगलबार १६:१२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षकाे जुलाई महिनामा नेपालमा झन्डै ५८ हजार जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनामा ५७ हजार सात सय २६ जना पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको जुलाईको भन्दा २९ दशमलव आठ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको जुलाईमा ४४ हजार चार सय ६२ जना पर्यटक आएका थिए ।

यो वर्षको जुलाईमा सबैभन्दा धेरै भारतबाट २१ हजार तीन सय ५७ जना पर्यटक आएका छन् । बङ्गलादेशबाट २६ सय जनासहित दक्षिण एसियाबाट २५ हजार सात सय १४ जना पर्यटक आएका बोर्डले जनाएको छ ।

यस्तै चीनबाट पाँच हजार छ सय ९३ जना पर्यटक आएका छन् । अघिल्लो वर्षको जुलाईमा जम्मा एक हजार पाँच सय ९३ जना चिनियाँ पर्यटक आएकामा अहिले साढे दुई सय प्रतिशतले बढेर पाँच हजार छ सय ९३ जना पुगेको हो । एसियाबाट १० हजार एक सय ८१ जना पर्यटक आएका छन् ।

यस्तै युरोपबाट आठ हजार नौ सय ६५ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार दुई सय १३ जना, अमेरिकाबाट छ हजार दुई सय १४ जना र मध्य पूर्वबाट पाँच हजार ६४ जना पर्यटक आएका पर्यटन बोर्डले जनाएको छ । कोरोना महामारी कम भएपछि नेपाल आउने पर्यटक बढिरहेका छन् ।

तस्बिर : नेपाल पर्यटन बाेर्ड

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया