बिजुली बजारकाे सडक खुल्याे

 साउन १८, २०८० बिहीबार १६:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सहकारी पीडित र प्रहरीबीच भएको झडपका कारण बन्द भएको बिजुली बजारको सडक खुलेको छ ।

आज बिहीवार दिउँसो सहकारी पीडितले प्रदर्शन गर्ने क्रममा माइतीघरदेखि बानेश्वरतर्फ अघि बढेको जुलुसलाई प्रहरीले बिजुली बजारमा रोकेपछि  झडप भएको थियो । प्रहरीले हस्तक्षेप गरेपछि पीडित केहीबेर सडक बन्द हुने गरी धर्नामा बसेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई हस्तक्षेप गरी सडक खुलाएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताउनुभयो ।

नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न प्रदर्शनकारी अघि बढेपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी उनीहरूलाई हटाएको प्रहरीले जनाएको छ ।

निक्षेपको साँवा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितले आन्दोलन गरिरहेका छन् । फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया