संसद्को अवरोध हटाउन सभामुखको पहल, आज शीर्ष नेताहरुसँग छलफल गर्दै

 साउन २२, २०८० सोमबार ८:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभा बैठकमा भइरहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पहल गर्नुभएको छ । आज उहाँले मुख्य दलका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

आज संसद् बैठक बस्नुअघि उहाँले शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले हिजो पनि सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि सभामुखले आज दिउँसो १२ बजे मुख्य दलका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

सत्तापक्षीय दलका सचेतकहरूले सुन तस्करी काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएका छन् । प्रतिपक्षी दलका सचेतकहरुले भने अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने भएकाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नु अडान लिएका छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेका सांसदले गएको साउन १० गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया