बाढी–पहिरोले चार राजमार्गका विभिन्न खण्ड अवरुद्ध, ३४ वटा सडक एकतर्फी सञ्चालन

 साउन २४, २०८० बुधबार १०:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाढी पहिरोका कारण देशका चार राजमार्गका विभिन्न खण्ड पूर्ण रुपमा बन्द भएका छन् ।

सडक विभागका अनुसार तमोर करिडोरको (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ ।

ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । यस्तै, धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ ।

यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ ।

यस्तै, ३४ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । काठमाण्डौसँगको मुख्य नाका मुग्लिन नारायणगढ सडकखण्डलगायत अरु सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया