कांग्रेसका केही सांसदहरु पनि उच्चस्तरीय समितिको पक्षमा

 साउन २९, २०८० सोमबार ७:३८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरिरहेको बेला कांग्रेसका केही सांसदहरु पनि यसकै पक्षमा उभिएका छन् ।

शुक्रवारदेखि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले एक क्विन्टल सुन तस्करीबारे गम्भीर भएर उच्चस्तरीय छानबिन आवश्यक रहेको बताएका छन् ।

नेता शेखर कोइराला समूहका सबै सांसदहरूले उच्चस्तरीय छानबिन बनाउन उपयुक्त हुने बताएका छन् भने संस्थापन पक्षका सांसदहरूले सरकार मातहतका निकायहरूबाटै अनुसन्धान गर्नु प्रभावकारी हुने अडान लिएका छन् ।

कोइराला समूहका नेताहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्रीसहित मन्त्रीहरूको नाम जोडिएर आएको र विगतदेखिका प्रकरणमा माओवादीका अरु नेता कार्यकर्ताको नामसमेत जोडिएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको बताएका हुन् ।

संसदीय दलको बैठकमा केही सांसदहरुले प्रधानमन्त्री उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभए कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत तयार हुनुपर्ने बताएका छन् । बैठकमा सांसदहरूले सत्तारुढ दलका सांसद र कार्यकर्ताहरूलाई नै सरकार भएको अनुभूति हुन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति विरोध जनाएका छन् ।

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । संसदीय दलका मुख्य सचेतक रमेश लेखकले आजको बैठकले सबैको धारणलाई समेटेर महत्त्वपूर्ण प्रस्ताव पारित हुने बताउनुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया