कोशी प्रदेश सभा बैठक अनिश्चित : उपसभामुख काठमाण्डौमा, सांसदहरु अलमलमा

 भदौ ४, २०८० सोमबार १०:२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभा बैठक अनिश्चित भएको छ । सभामुखको जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै बिहान काठमाण्डौतर्फ लाग्नुभएको छ । उहाँ विराटनगरबाट काठमाण्डौतर्फ लागेपछि सांसदहरु अलमलमा परेका छन् । 

उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने अङ्क गणितीय जटिलता छ । सभामुख रहेका बाबुराम गौतमले यसअघि नै थापाको मुख्यमन्त्री पद जोगाउन राजीनामा दिनुभएको छ । सभामुख र उपसभामुख दुवै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले चलाउने प्रावधान छ ।

एमालेले उपसभामुखलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई यसअघि नै मन्त्रीमा नियुक्त गरिसकेको छ । एमाले र राप्रपाले पनि मण्डलपछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई प्रदेश सभाको अध्यक्षता गर्ने अवस्था सिजना गर्न लागेका छन् ।  मण्डलपछिका ज्येष्ठ सदस्य रहेका एमाले र राप्रपाका सांसदहरुले हिजो नै प्रदेशसभा सचिवालयमा बिदा मागेका छन् ।  

९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक छ ।

सत्तारुढ गठबन्धनसँग बहुमत ४७ सदस्य छन् । तर त्यो बहुमत उपसभामुख दनुवार वा एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्य र ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहन्छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया