अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जाने जिकिरसमेत गर्नुभयो ।
सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानुनी रूपमा बिक्री गरी कमिसन खानेहरूले आफूलाई बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिनुभयो । ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमितता नगरेको दाबी गर्नुभयाे । उहाँले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको जिकिरसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कुनै पनि प्रकारको गलत क्रियाकलाप गर्दैनौँ । विरोधीहरूले पहिले पनि यती होल्डिङ्स भने, हामीले छानबिन गर भनिराखेका छाैँ । बाइडबडी छानबिन गर, अनि आफैँ जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दै थिए, अहिले कस्तो भागाभाग छ । अहिले गिरीबन्धु टी स्टेटकाे कुरा निस्केको छ, गर न छानबिन ? कमिसन खाएको छैन । नेकपा एमाले कमिसनको पछाडि कुद्ने पार्टी होइन । ओम्नीकाे पनि छानबिन गर । भ्रष्टहरूले हामीलाई थर्काउने उल्टै ?’
ओलीले एमालेले देश बनाउने भिजन लिएको भन्दै त्यही उद्देश्य पूरा हुने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।