एमालेले ‘मै खाउँ मै लाउँ’ जस्ताे व्यवहार गर्‍याे : रास्वपा प्रमुख सचेतक

 भदौ १२, २०८० मंगलबार १८:३९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अन्य प्रतिपक्षी दलहरूलाई मतलब नै नगरि समिति सभापति लिएको बताउनुभएको छ ।

आज मङ्गलवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक परियारले एमालेले अरू पार्टीहरूलाई कुनै मतलब नै नगरि समिति सभापति लिएर गल्ती गरेको बताउनुभयो । उहाँले एमालेले मै खाउँ मै लाउँ भन्नेजस्तो व्यवहार गरेको आराेप लगाउनुभयाे । सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडेकाे प्रमुख सचेतक परियारकाे आराेप थियाे ।

उहाँले भन्नुभयो, ‘समिति कुन नियतबाट बनाइएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यदि साँच्चिकै संसद्लाई प्रभावशाली बनाउने, गतिशील बनाउने हिसाबमा लिएको हुन्थ्यो भने त्यो अर्कै हुन्थ्यो । यहाँ त नियत नै कस्तो छ भने संसद्लाई प्रभावकारी होइन कि सङ्कुचन गर्ने । समिति बाँडफाँटमा सत्तापक्षले गल्ती गर्‍याे । दोस्रो कुरा, प्रमुख प्रतिपक्षले अरू प्रतिपक्षी पार्टीहरूलाई कुनै मतलब नै नगरि मै खाउँ मै लाउँ जसरी व्यवहार गर्‍याे । सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन सभापति बाँडियो ।’

प्रमुख सचेतक परियारले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया