सरकारले ‘सुशासन अभियान’ छाेड्नेवाला छैन, नेपाललाई समृद्ध बनाई छाड्छाैँ : उपप्रधानमन्त्री श्रेष्ठ

 भदौ १४, २०८० बिहीबार १५:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको दाबी गर्नुभएकाे छ ।

आज बिहीवार नेपाल पर्वतारोहण सङ्घको ३३ औँ वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको हो । उहाँले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान शुरु गरिएको हो त्यही प्रवृत्ति र तागतहरू सङ्गठित भएर सरकारको अभियान असफल गर्न लागेका जिकिर गर्नुभयाे । सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताउँदै मन्त्री श्रेष्ठले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाई छाड्ने दाबी गर्नुभयाे । उहाँले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीले सहमति कायम गर्नुपर्ने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘सुशासन स्थापना गरे मात्रै समृद्धिलाई तीव्र बनाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यही आधारमा अहिले यो अभियान चलाइराखेका छौँ । यसले थोरै आशा पैदा गरेको छ । तर यो सुशासन जुन प्रवृत्ति र तागतका विरुद्ध सञ्चालन गरिएको हो, ती प्रवृत्ति र तागतहरू सङ्गठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न पनि गर्दैछन् भन्ने अर्को यथार्थ हो । तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन । हामी यसलाई सफल बनाई छाड्छौँ र नेपाललाई समृद्ध बनाई छाड्छौँ भन्ने सङ्कल्प छ । यसमा सरकार मात्र होइन सबै राजनीतिक पार्टीले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्‍याउने पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • keshav deepak neupane

    Aug. 31, 2023, 7:48 p.m.

    गर गर बुढा आफ्नालाई काखा अरुलाई पाखा !

  •  0 Reply

तपाईको प्रतिक्रिया