एमसीसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे

 भदौ १६, २०८० शनिबार १३:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

शनिवार आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनु भएकाे हाे । 

उहाँले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी देशबाट हुने फाइदा कसरी धेरै लिने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि नागरिकलाई बुझाएर राष्ट्र र नागरिकको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भौगोलिक विकटका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताउनु भयो । उहाँले नेपालले बाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताउनु भयो । 

सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताउनु भएकाे छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अवधेश राम

    Sept. 3, 2023, 7:17 a.m.

    बिआरआईबाट नेपालसरकार र नेपाली जनता लाई काहा केही लाभ छ । हामीलाई थाहा छ कि बिआरआई बाट नेपाल सरकारलाई अहिले सम्म कुनै लाभ भएको छैन र अहिले २० बिस बर्ष सम्म पनि कुनै लाभ हुने वाला छैन । अहिले सम्म पोखरा बिमानस्थल बाट नेपाल सरकारलाई कतिको आम्दानी प्राप्त गर्नुभएको छ नेपाल सरकारले बताउन सक्नुहुन्छ जनता लाई । पोखरा बिमानस्थल मात्र नामको लागी हो कि यो नेपालको सबैभन्दा ठूलो बिमानस्थल तर यस बाट कुनै फाईदा छैन ।चीनबाहेक पोखरा बिमानस्थलमा कतिवटा अन्तराष्ट्रिय जहाजको अवतरण भएको छ भएको छ भने कतिवटा भएको छ , हुदैन भने किन बताऊनु भएको छ सरकारले । सब मात्र देश लाई लुट्ने काम गरेका छन् हाम्रो महान नेताहरु । धेरै भन्न बाकि

  •  0 Reply

तपाईको प्रतिक्रिया