एमाले लुम्बिनी प्रदेशको नेतृत्वमा सर्वसम्मति हुन सकेन, अध्यक्षमा दुईजना उम्मेदवार

 भदौ १८, २०८० सोमबार ६:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतिको प्रयास असफल भएको छ । अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य छन् । यसैगरी उपाध्यक्षमा वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र बाँकेका पुजन विश्वकर्माको उमेदवारी परेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो हुने देखिएको छ । तर सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । उम्मेदवार मनोनयनको समय आज बिहान १० बजेसम्मका लागि सारिएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया