अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताउनुभएको छ ।
आज बुधवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा गाैतमले जनयुद्धकालमा राम्रा काम पनि भएकाे र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफूले माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पार्नुभयो । राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभई गल्ती भएको उहाँको जिकिर छ ।
उहाँले भन्नुभयो, ‘हामी नेपालको सबै कम्युनिस्टहरूलाई एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले पीडितका घरमा गएर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन ।’
नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेर हद नहटाएको दाबी गर्नुभयो । उहाँले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकाे भन्दै हट्नैपर्ने बताउनुभयो ।
गाैतमले समाजवाद ल्याउने घोषणा गरेर चुनावमा गएका पार्टीहरूमा पुँजीवादभन्दा अरू केही नरहेको जिकिर गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।