महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसकाे माग

 भदौ २१, २०८० बिहीबार १५:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीवार प्रतिनिधिसभा बैठककाे विशेष समयमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले साङ्घातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले त्याे घटनाबारे तत्काल संसद्लाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनुभयो । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले साङ्घातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाको सत्य/तथ्य रूपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीकाे सहमहामन्त्रीमाथिकाे आक्रमण हेर्दा आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै हो । म सिङ्गाे पार्टीकाे तर्फबाट यो आक्रमणको घोर भत्सर्ना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु । यस घटनामा संलग्न रहेकामाथि कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु । यो घटना सामान्य छैन । याे घटनाबारे संसद्लाई जानकारी गराउन म गृहमन्त्रीज्यूलाई आग्रह पनि गर्न चाहन्छु ।’

प्रमुख सचेतक लेखकले सरकारले याे घटनाबारे प्रतिनिधिसभाको अर्को बैठकमा नै संसद्लाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया