स्लोभानियन दम्पतीले ४ महिना लगाएर 'ग्रेट हिमालयन ट्रेल' को यात्रा गर्दै

 भदौ २५, २०८० सोमबार २०:५६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्लोभानियन आरोही दम्पतीले चार महिने ग्रेट हिमालयन ट्रेलको यात्रा गर्ने भएका छन् ।

आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मलेन गर्दै स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्जले चार महिना समय लगाएर ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न लागेका जानकारी गराइएको हो । याे यात्रा कञ्चनजङ्घाबाट शुरु भएर हिल्सामा पुगेर अन्त्य हुने जनाइएको छ ।

स्ट्रेम्फेल्ज दम्पतीले यसअघि सन् १९९० मा एकैसाथ सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान पनि राखेका थिए । उनीहरूको हिमालयन ट्रेलको यात्रा १३ सेप्टेम्बरदेखि शुरु हुने बताइएको छ । उनीहरूले आफूहरू ग्रेट हिमालयन ट्रेलको यात्रामा जान लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।

नेपाल पर्वतारोहण सङ्घले उनीहरूको ग्रेट हिमालयन ट्रेलको यात्राले नेपालको पर्यटनको प्रचार हुने बताएको छ । ग्रेट हिमालयन ट्रेल अहिलेसम्म धेरै नभएको अवस्थामा यो यात्राले यसको प्रचारप्रसारमा सघाउ पुग्ने जनाइएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया