प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण स्वीकृत

 भदौ २९, २०८० शुक्रबार १९:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमण स्वीकृत गरेकाे छ ।

आज शुक्रवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई सम्बोधन गरेर असाेज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीकाे रूपमा प्रचण्डकाे याे तेस्राे चीन भ्रमण हाे । प्रचण्डले असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई न्युयोर्कमा सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्रीकाे चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायतका विषयमा दुई पक्षीय छलफल र केही विषयमा समझदारी हुने बताइएकाे छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया