अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न असोज ५ गते बन्ने भनिएको उच्चस्तरीय छानबिन आयोग पूर्वसहमतिअनुसार बन्न नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार सम्झौताबाट पछि हटेको बताएको छ ।
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न आज शुक्रवार सिंहदरबारमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र आजैदेखि काम गर्ने भन्ने सहमति भए पनि सरकारले उदासिनता देखाएको टिप्पणी गर्नुभयाे । उहाँले नेकपा एमालेले सुन तस्करको जरासम्म पुग्न चाहेको र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको बताउनुभयो ।
आफ्ना वचनप्रति सरकार जवाफदेही नभएको कुरा आज गठन हुन नसकेको उच्चस्तरीय छानबिन आयोगबाट प्रमाणित हुने सचेतक बर्ताैलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज आयाेग गठन गर्ने भनेर राष्ट्रिय मान्यता प्राप्त दलहरूको हस्ताक्षर भएको थियो । असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र आजैदेखि काम गर्ने भन्ने थियो । तर त्यसाे हुन सकेन । नेताहरूबीच भएको सहमति कार्यान्वयन हुने तहमा नपुग्ने ? योभन्दा लाजमर्दो कुरा के हुनसक्छ ? सरकार कति जिम्मेवार छ भन्ने कुरा यसले देखाउँछ । आफ्ना वचनप्रति जवाफदेही नभएको कुरा यसबाट देखिन्छ ।’
गएकाे भदौ ६ गते प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को अनुसन्धानपछि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच सहमति जुटेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।