उभिएर आन्दोलन गरिरहेका 'ई' सँग वार्ता गर्न काठमाण्डाै महानगरले बनायो वार्ता टोली

 असोज ९, २०८० मंगलबार १२:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका 'ई' सँग वार्ता गर्न काठमाण्डौ महानगरपालिकाले टोली गठन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली गठन भएको हो । 

वार्ताको तयारीबारे छलफल गर्न अहिले महानगरमा बैठक बस्दैछ । बैठक पछि मात्रै वार्ता कसरी गर्ने भन्नेबारे निर्णय हुने मानन्धरले बताउनुभयो ।

चुनावको समयमा सडक व्यापार व्यवस्थित बनाउने बताएका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले चुनावपछि भने आफ्नो प्रतिबद्धता बिर्सिएकाले त्यो कुरा सम्झाउन भन्दै अभियन्ता 'ई' ले गएको हप्तादेखि उभिएर आन्दोलन गरिरहनु भएको छ ।

हिजो 'ई' ले महानगरका मेयर शाहले श्री छ को शैलीमा वार्ताको प्रस्ताव आएको र तयारीका लागि ३० मिनेट माग्दा समय नदिएकाले वार्ता हुन नसकेको बताउनु भएको थियो । 

आज बिहान उपमेयर सुनिता डङ्गोलले आन्दोलनरत 'ई' लाई भेट्नु भएको छ । भेटमा उहाँले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताउनु भएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया