संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’ काे रूपमा विकसित भयो : कांग्रेस नेता केसी

 असोज ९, २०८० मंगलबार १६:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबन्डा परिषद्को रूपमा विकसित भएको टिप्पणी गर्नुभएको छ ।

आज मङ्गलवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा नेता केसीले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेहरूले निरीह बनाउने र छायामा राख्ने काम गरिरहेकाे बताउनुभएकाे हाे । उहाँले महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्ने पनि बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘संवैधानिक परिषद् भागबन्डा परिषद्को रूपमा विकसित भएको छ । संवैधानिक परिषद्लाई दल वा सत्तामा बसेकाहरूले निरीह र छाया बनाउने काम गरिरहेका छन् । महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयले बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्छ । रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुन सक्छ ।’

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया