उपचुनाव : कीर्तिपुर–१ को अध्यक्षमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना नआएसम्मका लागि बन्द रहने भएको छ । महाकाली नदीमाथि रहेको झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेको छ । मर्मतको काम नसकिएको भन्दै अर्को सूचना नआउँदासम्मका लागि दैनिक बिहान पौने ९ बजेदेखि दिउँसो सवा एक बजेसम्म र दिउँसो सवा दुई बजेदेखि सवा चार बजेसम्म पुलमा आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले झण्डै डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ । झुलाघाटको महाकाली नदीमा पक्की पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।