मैले सर्प पालेकाे छैन : झलनाथ खनाल

 असोज १०, २०८० बुधबार १७:३८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आज बुधवार काठमाण्डाैमा आयोजित नेपाल शर्ट फिल्म अवार्ड २०२३ कार्यक्रममा नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताउनुभयो । सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि खनालले स्पष्ट पार्नुभयो ।

सर्प पालनमा आफ्नो कुनै लगानी नरहेकाे भन्दै उहाँले भन्नुभयो, ‘झलनाथले ७३ करोड पैसा ल्याएर सर्प पाल्दैछ भन्छन्, एक खाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यही जस्तो लाग्छ । सर्प पालनमा न मेराे कुनै लगानी छ, न कुनै अरू पेसा व्यवसाय छ ।’

नेता खनालले कला, साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया