कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर प्रतिदिन २० किलो पुर्याएको छ । यसअघि प्रतिदिन १० किलो मात्रै सुन आयात गर्ने अनुमति रहेकोमा नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेर प्रतिदिन २० किलो सुन ल्याउन अनुमति दिएको हो ।
नयाँ व्यवस्थाअनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन । बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री तथा उपयोग गरेको सुनको विवरण प्रत्येक महिना सकिएको सात दिनभित्र सम्बन्धित बैंकमा बुझाउनु पर्नेछ ।
व्यवसायीहरूले देशमा मागको तुलनामा आयात अनुमति कम भएको भन्दै कोटा बढाउन माग गर्दै आएका थिए । आयात कोटा कम भएका कारण पनि सुनको तस्करी बढेको व्यवसायीहरूको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।