अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेशकाे पहिलाे अधिवेशनअन्तर्गत हुन लागेकाे चुनावका लागि अध्यक्षमा कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेकाे उम्मेदवारी परेकाे हाे ।
यस्तै प्रदेशकाे उपाध्यक्ष पदमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला गरी पाँचै जनाकाे उम्मेदवारी परेकाे छ ।
प्रदेशकाे सचिवमा चार जनाकाे उम्मेदवारी परेकाे छ । सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।
प्रदेशकाे पाँच पदमा २६ जनाकाे उम्मेदवारी परेकाे हाे । अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् । चुनावका लागि मतदान भाेलि बिहीवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।