नेकपा एसले ‘समाजवादी जागरण अभियान’ गर्ने

 असोज ११, २०८० बिहीबार २०:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी (एस) ले यही असोज १४ देखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो ।

आज बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । असोज १४ गते काँकडभिट्टाको मेची नदी किनारबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ ।

यस अवधिमा झन्डै एक हजार किलोमिटर यात्रा हुने बताइएको छ । यसबीचमा विभिन्न जिल्लामा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरूसँग छलफल गर्दै र नागरिककाे कुरा सुन्ने पार्टीका महासचिव घनश्याम भुसालले बताउनुभयो । उहाँले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादका लागि हुनुपर्ने कार्यक्रमका बारेमा नागरिकलाई बताउने जानकारी दिनुभयो ।

त्यस्तै आउँदाे माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशनअघि नागरिककाे सुझाव सङ्कलनका रूपमा पनि यो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो । यस अभियानका क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै नागरिककाे सल्लाह, सुझाव पनि सुन्ने उहाँले बताउनुभयो ।

महासचिव भुसालले वर्तमान राजनीतिक दलहरूमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अलमल रहेको भन्दै आफूहरू भने स्पप्ट रूपमा अघि बढेको दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया