‘कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँ’

 असोज ११, २०८० बिहीबार १९:२२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कलाकारले आफूलाई राम्राे छ भनिदिएकै भरमा चुनाव जितेकाे दाबी गर्नुभएकाे छ ।

आज बिहीवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा मन्त्री गुरुङले कलाकारकै कारण आफूले चुनाव जितेर आएकाे बताउनुभयाे । गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिए पनि कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयाे, ‘म गाउन जान्दिनँ तर समय पाएँ भने गीत सुनिरहन्छु । मनमनै गुनगुनाउन मन लाग्छ, बाहिर गाउन आउँदैन । नत्र म पनि त्यस्तै कलाकार हुन्थेँ जस्तो लाग्छ । त्यही गाउन नजानेर म आज राजनीतिक यात्रामा उभिएँ । कलाकार साथीको सद्भाव र माया पाएको छु । तपाईँहरूले नै धनराज राम्रो छ भनिदिएपछि मैले चुनाव जितेर आएँ ।’

कार्यक्रममा बाेल्दै मन्त्री गुरुङले राजनीतिमा देखिएको विकृति र विसङ्गतिका विरुद्धमा लड्ने प्रतिबद्धता पनि जनाउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपाली राजनीतिमा देखिएको विकृति र विसङ्गतिका विरुद्धमा सधैँ लडेर तपाईँहरूको बीचमा निष्ठाको राजनीति गर्ने व्यक्तिको रूपमा उभिएर मर्न चाहन्छु ।’

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया