अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

बैठकमा माेबाइल फाेन प्रयाेग गर्न नहुने, एक जना बाेलिरहेका बेला अर्काे सदस्य बाेल्न नहुने

 असोज १२, २०८० शुक्रबार १४:४९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ समितिले समितिको कार्यविधि २०८० स्वीकृत गरेकाे छ । आज शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिकाे बैठक ले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो ।

बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थ समिति सञ्चालन कार्यविधि २०८० सर्वसम्मतिले पारित भएको बताउनुभयो । उहाँले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक शुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको बताउनुभयो । उहाँले बैठकको कार्यसूचीबारे ४८ घण्टाअघि नै समितिका सदस्यलाई जानकारी गराइसक्नुपर्ने व्यवस्था रहेको पनि बताउनुभयो ।

बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्त्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले बताउनुभयो । उहाँले समितिका पाँच वटाभन्दा बढी बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोधिने बताउनुभयो । उहाँले सांसदहरूले दिएका रायलाई समेटेर कार्यविधि बनाउन सचिवालयलाई निर्देशन पनि दिनुभयो ।

समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुने लगायत विषय राखिएका छन् । त्यस्तै विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिविना बैठक नसकिउन्जेल छोडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुने लगायतका विषय राखिएका छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया