एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै

 असोज १४, २०८० आइतबार ७:२९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । प्रदेशको नेतृत्वका लागि मतदान हुन लागेको हो ।

सहमतिका लागि हिजो दिनभर प्रयास भए पनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदानको कार्यक्रम छ । एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई र उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिनुभएको छ । एमाले बाग्मती र लुम्बिनीमा मतदानबाटै नेतृत्व चयन भएको छ ।

अस्ति भएको मतदानबाट बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको थियो ।  त्यस्तै भदौ तेस्रो हप्ता लुम्बिनी प्रदेश कमिटीमा नेतृत्वका लागि मतदान भएकोमा अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया