अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घमा यस पटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको उहाँले दाबी गर्नुभएको हो ।
संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको आफ्नाे औपचारिक भ्रमणबारे आज आइतवार प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्रीस्तरबाट भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाललगायत अतिकम विकसित देशहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणले दुई देशबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको पनि उल्लेख गर्नुभयाे । उहाँले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत छलफल भएको बताउनुभयो ।
प्रचण्डले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि सदनलाई जानकारी गराउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।