संविधान दिवसमा आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

 असोज १६, २०८० मंगलबार १८:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताउनुभएको छ ।

आज मङ्गलवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सरकारले आममाफी नभई कैद कट्टा मात्रै गरेको बताउनुभएको हो । उहाँले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ भनेर आफूहरूले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आममाफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आममाफी दिने भन्ने कुरा छ ? अहिलेको केसमा आममाफी दिइएको छैन । यो त कैद कट्टा गरिएको हो । हामीले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि कानुनअनुसार सजाय भोग्नुपर्छ । यस पटक कसैलाई आममाफी दिइएको छैन । कैद कट्टा हो ।’

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आममाफी दिने कुरा गलत भएको बताउनुभयो । उहाँले पहिला यी कुरामा नदिने गरिए पनि अहिले विकृति आएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया