अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउनुहुने भएको छ । तीन दिन नेपालमा रहने गुटेरसले शान्ति प्रक्रियाका विषयसहित जलवायु परिवर्तन र अति कम विकसित देशका विषयमा छलफल गर्नुहुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
गुटेरसको भ्रमण यही अक्टोबर महिनाभित्र हुने भए पनि मिति यकिन भएको छैन । यसअघि सन् २००८ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गर्नुभएको थियो । त्यस बेला पनि प्रचण्ड नै प्रधानमन्त्री हुनहुन्थ्यो । त्यो बेला माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो चुनावबाट सरकारमा पुगेको थियो ।
गुटेरसको भ्रमण शान्ति प्रक्रिया टुङ्ग्याउन अर्थपूर्ण हुने विश्लेषकहरू बताउँछन् । शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रियासँगै आर्थिक–सामाजिक विकासका मुद्दाहरूमा नेपाल र संयुक्त राष्ट्रसङ्घको सम्बन्ध नजिकको रहेको छ ।
सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा अहिलेसम्म छ जना महासचिवले भ्रमण गरेका छन् । विश्वकै उच्च कुटनीतिज्ञ पनि भनिने राष्ट्रसङ्घका महासचिवको पद राष्ट्रप्रमुखसरह सम्मानित मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।