कोशीमा नयाँ सरकार गठनको लागि आव्हान

 असोज २०, २०८० शनिबार २०:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गर्नुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर सरकार गठनको आव्हान गर्नुभएको हो ।

यो प्रदेश सभामा सरकार गठनको अन्तिम संबैधानिक विकल्प हो । यो व्यवस्था अनुसार र प्रदेश सभामा बहुमत जुटाउन सक्ने सांसदले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्नेछन् । बहुमत जुटाउने सांसदले आउँदो शुक्रवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।

कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । गठबन्धनसँग स्पष्ट बहुमत छ । एमालेका ४० सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् । यसअघि राप्रपाले एमालेलाई समर्थन गरेको थियो ।

 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया